श्रेष्ठ मध्यपूर्वको शीर्ष ३० सेफमा छनोट



काठमाडौं ।

नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्षमुनिका शीर्ष ३० सेफमा छनोट हुनुभएको छ । क्याटरर मिडल इस्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेसेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्ने गरेको छ ।

क्याटरर मिडल इस्टले यस वर्ष ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने सेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पर्नुभएको हो । २८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठका छोरा हुनुहुन्छ । उहाँ हाल ब्यागेटेल दुबईमा सु सेफका रूपमा कार्यरत हुनुहुहुन्छ ।

ब्यागेटेल दुबई सेफ टोलीका अनुसार राहुल श्रेष्ठ प्रयोग गर्न डराउँदैनन् । उहाँले ब्यागेटेलको परम्परा, स्वाद र इतिहासलाई पनि सम्मान गर्दै नयाँ प्रचलनहरूसहित सन्तुलित मेनु बनाउन मद्दत गर्ने गर्नुभएको छ ।

क्याटर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ सेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी सेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्