भिभो बन्यो विश्वकप फुटबल२०२२ को आधिकारिक प्रायोजक



काठमाडौं  ।

भिभो, ग्लोबल स्मार्टफोन ब्रान्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ ।

सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । यस वर्ष, विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता आउँदो २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुँदैछ । साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानसँग जोडिन अद्वितीय प्रवर्धनहरू सञ्चालन गर्ने भएको छ ।

साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भन्नुभयो – ‘फिफाविश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो ।’ सुन्दर खेल भनेर चिनिने फुटबलसँग उमेर, जात, लिङ्ग र संस्कृतिको बाबजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ ।

प्रतिक्रिया दिनुहोस्