नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो ।

नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग टी–२० खेल खेल्ने तय भएसँगै श्रृंखला एक दिन पर धकेलिएको हो । नेपाल र ओन्टारियोबीच यसअघि एकदिवसीय खेल भएको थियो । जहाँ नेपाल ६९ रनले विजयी भयो ।

पूर्वतालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो । क्यानडासँगको श्रृंखलापछि नेपाल स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्