माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा केहिबेर अघिबाट बैठक सुरु भएको हो।

बैठकमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने छ । बैठक तीन दिनसम्म चल्ने छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्बोधन सुरु गरेका छन् । यसअघि उनले शपथ लिन बाँकी रहेका केन्द्रीय कमिटी सदस्यहरुको शपथ गराए थिए ।

प्रतिक्रिया दिनुहोस्