‘सन्तानलाई असर गर्ने काम हुँदैन’



बुटवल  ।

गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुँने बताउनु भएको छ । सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकोले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने बताउनु भएको हो ।

शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघको तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगतदेखिका समस्याहरु विद्युत आपूर्ति तथा ट्रंक लाइनका समस्याहरु पनि समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उद्योगी व्यवसायीले बनाएको नारालाई नै मूल आधार बनाएर नीति तथा बजेट ल्याएको बताउँदै सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरु सफल हुनुपर्ने तर्क गर्नुभयो ।

सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायीसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाको विकासको लागी उद्योगी व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले तिलोत्तमा लगानीको हिसाबले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानीयोग्य वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले तिलोत्तमा नगरपालिकाले लिएको एकीकृत सम्पत्तिका कारण उद्योगी व्यवसायीहरु पनि मारमा परेकोले करको दर घटाउन नगरपालिकालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । तिलोत्तमा उद्योग वाणिज्य संघको तेश्रो अधिवेशनबाट पुन गुणानिधि भण्डारीकै नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्