नेपाल समाचारपत्रकर्मी तिमल्सिना सम्मानित



काठमाडौं । 

सूचक प्रकाशनले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा वरिष्ठ साहित्यकार मोहन दुवाल, साहित्यकार धु्रव अधिकर्मी, साहित्यकार हरि मञ्जुश्री, समाजसेवी शंकर खड्काका साथै नेपाल समाचारपत्रकर्मी भगवती तिमल्सिनालाई सम्मान गरेको छ ।

 

बनेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.दिनेशराज पन्तले सम्मानित व्यक्तित्वहरूलाई कदरपत्र हस्तान्तरण गर्दै काभ्रेको उर्वर भूमिमा भक्तपुरको त्रिपुर दरबार र काभ्रेले पालैपालो राजसंस्था चलाउने गरेको इतिहास स्मरण गर्दै स्वतन्त्र राज्यमा सम्मान गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताउनुभयो ।

वरिष्ठ साहित्यकार दुवालले साहित्यकार, समाजसेवी, पत्रकारलाई एकैथलोमा एक साथ सम्मान गर्ने सूचक प्रकाशन र सम्मानीत व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्दै साहित्य, कला, पत्रकारिता, पुस्तकालयको अवधारण बोकेर अघि बढेको काभ्रेका ऐतिहासिक थलोको पहिचानसहित सम्मान गरिएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाचारपत्रकर्मी तिमल्सिनाले पत्रकारिताका गुरु मोहन दुवाल र हरि मञ्जुश्रीसँगै आफू पनि सम्मानीत हुन पाउँदा खुसी लागेको बताउँदै यो सम्मानले पत्रकारिता पेसामा आफ्नो लागि थप जिम्मेवारी थपिएको महशुस भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्