हेरिटेज अफ फेसन अस्ट्रेलिया हुने



ए एसएपी इन्टरटेन्मेन्ट सिड्नी अस्ट्रेलियाको आयोजनामा आगामी सेप्टेम्बर २५ तारिकका दिन अस्ट्रेलियाको सिड्नी र अक्टोबर २ मा होबाडको तास्मेनियामा हेरिटेज अफ फेसन अस्ट्रेलिया २०२२ नामक फेसन सो हुने भएको छ।

फेसनको माध्यमबाट डायसपोरामा नेपाली भेषभूषा र संस्कृतिको उजागर गर्ने अभिप्रायले हुन लागेको फेसन शोका लागि मोडल तथा अभिनेत्री मुना गौचन र दीपक घिमिरले कोरियोग्राफी गर्नेछन्। साथै मोडल तथा अभिनेत्री रीता कट्टेलको पनि सहभागिता रहनेछ।

ड्रेस डिजाइनिङ ड्रेस डिजाइनर रबिन परियारले गर्नेछन् भने कोरियोग्राफी तथा सो स्टपरका रुपमा दीपक घिमिरे रहेनेछन्। अस्ट्रेलियाका चर्चित मोडलहरुसमेत समावेश हुने कार्यक्रमको होस्ट विवेक खतिवडाले गर्ने एएसएपीका अध्यक्ष सन्तोष अधिकारीले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्