प्रकाशको जोर मैना



फिल्म प्रकाशको दोस्रो गीत जोर मैना सार्वजनिक गरिएको छ।जुम्लाको परिवेशमा छायांकन गरिएको गीतले फिल्मका मुख्य दुई पात्रबीचको प्रेम र अड्चनलाई प्रस्तुत गरेको छ।

गीतमा कथानकरुपमा प्रदीप खड्का र रेणु योगी जुम्लेलीलाई फिचरिङ गरिएको छ। वर्गीय विभेदको विषयमा बनेको फिल्मको गीत प्रेम भावको भए पनि यसले विभेदकै विषय उठान गरेको छ। गीतको बीचमा संवादमार्फत वर्गीय विभेदका कारण युवतीको परिवारसमेत उनीहरुको प्रेमको विरोधमा रहेको जनाउँछ। गीतमा दीपक शर्माको शब्द र संगीत तथा ध्रुव बिस्कोको स्वर रहेको छ।

दिनेश राउतले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्ममा विकाश सुवेदीको लेखन, एलिस कार्की, ताराप्रकाश लिम्बू, सुवास भुसाल र दीपक शर्माको संगीत, राजेश श्रेष्ठको छायांकन र जीवन थापाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्