प्रसाद-२ पहिलो संस्करणकै कथाको सिक्वेल



सुपरहिट फिल्म प्रसादको सिरिज फिल्मस्वरुप निर्माण हुन लागेको प्रसाद–२ मा पहिलो संस्करणको कथालाई निरन्तरता दिने यसका निर्देशक सुदर्शन थापाले जानकारी गराएका छन्।

फिल्मबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक थापाले प्रसाद–२ अघिल्लो संस्करण प्रसादकै विशुद्ध सिक्वेल फिल्म हुने बताए । प्रसाद–२ लाई आफूले नयाँ ढंगबाट हेरेको जनाउँदै उनले अघिल्लो संस्करणको कथा सकिएकै ठाउँबाट नयाँ कथा सुरु हुने बताए। यसो भएमा प्रसाद–२ कथाका आधारमा पनि सिक्वेल फिल्मका रुपमा आउनेछ।

यसअघि केवल नामका आधारमा सिक्वेल फिल्म निर्माणको प्रचलन रहेको थियो। यसपटक छुवाछूतसँगै मुख्य पात्रहरु बाबुराम र नारायणीको जीवनमा आउने सामाजिक र पारिवारिक द्वन्द्वलाई चित्रण गरिने थापाले बताए।सामाजिक प्रेमकथाको फिल्ममा बाबुरामको भूमिकामा विपिन कार्की र नारायणीको भूमिकामा नम्रता श्रेष्ठलाई अन्तरजातीय दम्पतीका रुपमा निरन्तरता दिइने भएको छ भने निश्चल बस्नेतलाई यसमा देखिने छैनन्। उनको भूमिकामा अर्पण थापालाई लिइएको छ भने अर्को प्रमुख भूमिकामा चक्लेटी हिरो राज कटुवाल देखिनेछन्।

फिल्मका लेखक पत्रकार सुशील पौडेलले प्रसाद–२ ब्याज खाने फिल्म नभई यसले प्रसादकै लिगेसीलाई निरन्तरता दिने जनाउँदै विषयवस्तुलाई अघि बढाएर सिक्वेलकै रुपमा ल्याउने बताए। ञयसपटक यसका पात्र गाउँ पुगेपछि आउने उतारचढावमा फिल्म आधारित रहनेछु पहिलो संस्करणकमा शहर केन्द्रित फिल्मको मूलकथा खुलाउँदै सुशीलले भने, ञहामी फेरि आउँदैछौं प्रसाद–२ सहित। जातीय विभेद र निःसन्तान हुनुको पीडा भोगेका बाबुराम परियार र नारायणी कार्की १२ वर्षपछि गाउँ फर्किएका छन्। किन फर्किए? के भोग्लान्? के गर्लान्? के होला त? कुराइ तिहारसम्मको लागि हुनेछ।

पत्रकार सम्मेलनमा अभिनेता विपिन कार्कीले आपूmले अभिनय गरेका गम्भीर फिल्ममध्ये प्रसाद–२ को स्थान महङ्कवपूर्ण रहेको चर्चा गरे। ञयो फिल्ममा काम गर्न लाग्दा पहिलोपटक फिल्म गर्न लागेजस्तो ढुकढुक भएको छ। प्रसादको साख जोगाउन प्रयास गर्नेछु। यसपटक फिल्ममा बाबुराम पात्र परिपक्व भएको छु विपिनले भने। अभिनेत्री नम्रता श्रेष्ठले यसपटक आप्mनो पात्र परिपक्व हुने बताइन्।

सुभाष थापा प्रोडक्सनको ब्यानरमा सुभाष थापाको प्रस्तुति र केशव पाण्डेको निर्माणमा निर्माणाधीन फिल्मको छायांकन कार्य यसपटक कास्कीको याम्जाकोटमा हुनेछ। यसका लागि फिल्मको सुटिङ युनिट आज शनिबार त्यसतर्पm जाँदै छ। फिल्म तिहारको अवसर पारेर आगामी कात्तिक ४ गते रिलिज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्