साउथ एसियनमा क्योकुसिन–सेइसिन करातेलाई १६ स्वर्ण



काठमाडौं ।

भारतको चाल्सा, जल्पाईगुडी, पश्चिम बंगालमा तीन दिनसम्म आयोजना भएको ११औं साउथ एसियन फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०२२ मा नेपाली टोलीले १६ स्वर्ण जितेको छ ।

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष शिहान अशोककुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ स्वर्ण, ७ रजत र ८ काश्य जितेको हो । नेपाली टोली दोस्रो स्थानमा रह्यो । नेपालको तर्पmबाट विजेतामा पुरुष खुल्ला तौल समूहमा (७५ केजीमाथि) विनय शिंह, ७० केजी समूहमा सन्तोष कुमार लामा, ६५ केजी तौल समूहमा विकाश गुरुङ (१८ वर्ष माथि), ६५ केजी तौल समूहमा समुन्द्र भट्ट (१७ वर्ष मुनि), ५५ केजी तौल समूहमा चोप बहादुर बुढाथोकी (१८ वर्षमाथि), ५५ के.जी तौल समूहमा रक्की यादव (१३ वर्षमुनि), ५० केजी तौल समूहमा भुपेन्द्र वली (१८ वर्षमाथि), ५० केजी तौल समूहमा रवि किशन यादव (१३ वर्षमुनि), ४० केजी तौल समूहमा राजा बाबु दास (१० वर्षमुनि), ३५ केजी तौल समूहमा दर्शन मानन्धर (१० वर्ष मुनि), ३० केजी तौल समूहमा निशान्त श्रेष्ठ (१० वर्षमुनि) ले स्वर्णपदक हासिल गरेका थिए ।

त्यसैगरी, महिला खुल्ला तौल समूहमा मञ्जु विक, ६० केजी तौल समूहमा पत्रिका चन्द, ५० केजी तौल समूहमा समृद्धि सापकोटा, ४० केजी तौल समूहमा आरति श्रेष्ठ, ३० केजी तौल समूहमा ओलिभिया पुनले स्वर्ण पदक हासिल गरेका थिए ।रजतपदक हासिल गर्नेहरूमा पुरुष खुल्ला तौल समूहमा शाहिलबहादुर श्रेष्ठ, ७० केजी रवि यादव(१७वर्ष मुनि), ६०केजी तौल समूहमा रमेश विक (१८ वर्षमाथि), ६० केजी तौल समूहमा सन्दीप पटेल (१७ वर्षमुनि), ५५ केजी तौल समूहमा छविलाल खड्का (१८ वर्षमाथि), ४६ केजी तौल समूहमा अनिश चौधरी (१३ वर्षमुनि) ले रजतपदक हासिल गरेका थिए भने महिला ५० केजी तौल समूहमा अनुपा नेपाली रहेका छन् ।

त्यसैगरी, पुरुष खुल्ला तौल समूहमा मनोज थपलिया, ५५ केजी तौल समूहमा निखिल राउत, ५० केजी तौल समूहमा अस्मित गिरी, ४६ केजी तौल समूहमा रोहण लामा, ४२ केजी तौल समूहमा सन्तोष श्रेष्ठ, ४० केजी तौल समूहमा प्रशान्त ठाकुर, ३८ केजी तौल समूहमा रोशन लामाले रजत पदक जिते । महिला ४६ केजी तौल समूहमा संस्कृति सापकोटाले रजतपदक प्राप्त गरेको थियो ।

उक्त साउथ एसियन प्रतियोगितामा नेपालको तर्फबाट क्योकुसिन सेईसिन संघले खेलाडीहरू, कोच, रेफ्रिी तथा विभागीय टिम नेपाली सेना गरी ४५ जनाको टोलीलाई सहभागिता गराएको थियो । उक्त साउथ एसियन प्रतियोगिताका लागि नेपालको तर्फबाट टिम मेनेजरमा वरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, रेफ्रिहरूमा बद्रि थापामगर(नेपाली सेना), अमित तामाङ्ग(नेपाली सेना), सुनिल नगरकोटी(नेपाली सेना) तथा प्रशिक्षक जेन कुमार तामाङ्गले सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपालका मिस नेवाः नेपाल २०२१ विजेता कृषा महर्जन तथा मिस नेवाः नेपाल २०२२ विजेता सलिना महर्जनलाई विशेष आतिथ्यताको रूपमा भव्य स्वागत तथा सम्मान गरेको थियो भने समापन समारोहमा मिस बंगाल २०२२ मिस अनिशा सेवाले प्रमुख आकर्षणको रूपमा विशेष उपस्थिति जनाएको थियो भने कार्यक्रममा भारतका करातेका वरिष्ठ गुरुहरू हान्शी दीपक भुजेल, हान्शी पण्डित सुरेन्द्रप्रसाद शर्मा, शिहान पंकजकुमार सहनी, शिहान प्रेमचन्द्र सिंहको विशेष उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्