नुहाउने क्रममा दुई बेपत्ता



रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई जना भारतीय नागरिक बेपत्ता भएका छन् । भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथला क्षेत्र भएर बग्ने बागमती नदिमा नुहाउने क्रममा बेपता भएका हुन ।

बेपत्ता हुनेमा ३१ बर्षिय मयकं अग्रवाल र अर्का ३१ बर्षिय गोलु कुमार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर जनाएको छ । बेपत्ता भएकासहित तीन जना भारतीय नम्बर प्लेटको गाडीमा उक्त स्थानमा आई बागमती खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको जनाइएको छ ।

तीनै जना पौडी खेल्दा डुबे पनि स्थनीयले भारत जिल्ला सितामडी कोटबजार बस्ने २७ वर्षीय सुमन साहलाई उदार गरेका थिए ।बेपताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्