रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता (प्रमाणपत्रसहित)  



काठमाडौं । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।

केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ ।

१८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ ।

प्रमाणपत्र :

प्रतिक्रिया दिनुहोस्