राजेश हमाल र प्रचण्डबीच भेटवार्ता



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग महानायक राजेश हमालले भेट गरेका छन् । शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।

भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्