धादिङमा बस दुर्घटना हुँदा ३० जना घाइते



धादिङ ।

काठमाडौबाट रौतहटतर्फ जाँदै गरेको यात्रुबहाक रात्री बस गयराती दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गमा पर्ने गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित चिरौँदीमा प्रदेश ३–०१–००५ ख –९७२९ नम्बरको यात्रु खचाखच भएको बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो ।

सडक विग्रेको र घुम्ती सडकमा राती दुर्घटना भएको थियो । दुर्घटनामा ३० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । ७ जना गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौस्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्