दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ, नेपाल फर्काउने तयारी



काठमाडौं ।

दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्