झम्सिखेल चोकमा अत्याधुनिक ट्राफिक लाईट



ललितपुर ।

ललितपुर महानगरपालिका–३ वडाले झम्सिखेलमा दुई वटा अत्याधुनिक सेन्टरलाईज ट्राफिक बत्ती जडान गरेको छ । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले नयाँ ट्राफिक लाइटको स्वीच थिचेर ट्राफिक बत्ती उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक जोशीले यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई बढावा दिन वडाले गरेको प्रयास अनुकरणीय रहेको धारणा राख्नुभयो । वडाले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईट सहयोगी भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

सो अवसरमा वडाअध्यक्ष श्रीगोपाल महर्जनले निकै व्यस्त र भीडभाड हुने सो क्षेत्रमा सम्भावित सवारी दुर्र्घटना रोक्न, सुरक्षित र सहज तरिकाले बाटो काट्नको लागि सो लाइट राखिएको बताउनुभयो । वडाअध्यक्ष महर्जनले सो बत्ती जडानबाट झम्सिखेल चोकमा जान आउन सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । ट्राफिक लाईट जडान गरेर सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन स्थानीय तह अग्रसर हुनुपर्ने पनि वडाअध्यक्ष महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्