कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षालगायत विविधि विषयमा छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निदेशन दिइएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस्