काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित



काठमाडौं ।

काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ ।

बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो ।

साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ । गएराती १० बजे पछि अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरी चौकी नाङलेभारेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्