दुर्घटना हुनबाट ढुंगाले जोगायो कांग्रेस उपसभापति गुरुङको ज्यान



काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक किनारबाट तल झर्न लाग्दा ढुंगाको अडिएर दुर्घटना हुनबाट जोगिएको हो ।

ओखलढुंगाका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो । ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।

 

प्रतिक्रिया दिनुहोस्