त्रिविमा प्रशासनिक र प्राविधिक विषयमा सबै अनुत्तीर्ण



काठमाडौं  ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा अधिकांश अनुत्तीर्ण भएका छन् । मुख्य पद मानिएको प्रशासनिक र प्राविधिकमा सबै अनुत्तीर्ण भएका छन् । ती पदमा १ सय ४ जना कर्मचारी माग गरिएको थियो ।

आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

उप प्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जना, शाखा अधिकृतमा ४० पदका लागि ५ सय ४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७ सय ७७ जना, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३ जना, लेखा अधिकृत १५ पदका लागि १ सय २९ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा केही परीक्षार्थी उत्तीर्ण भएका छन् । महत्वपूर्ण मानिएको पदमा कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् । त्रिविले ३६ शाखा अधिकृत, ३८ जना मुख्य कार्यालय सहायक, २८ जना कार्यालय सहायक, १० जना लेखा अधिकृत, ९ जना मुख्य लेखा सहायक र १० जना लेखा सहायकसहित १ सय ३८ जनाको परीक्षा रद्ध गरेको जनाएको छ ।
त्रिविले २०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म प्रशासनिक तथा प्राविधिक पदको परीक्षा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्