सेरेना पहिलो खेलबाटै बाहिरिन्



लन्डन, (एजेन्सी) ।

पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।मंगलबार राति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसख्ग पराजित भइन् । सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ (१०–७) को सेटमा पराजित गरिन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसख्ग खेल्नेछिन् । एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना सात पटकको विम्बल्डन च्याम्पियन हुन् । गत वर्ष पनि चोटका कारण उनले विम्बल्डन प्रतियोगिता गुमाएकी थिईन् ।

त्यस्तै, विश्व नम्बर–१ महिला टेनिस खेलाडी इगा स्वातेक विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरिन् । त्यस्तै, पोल्यान्डकी स्वातेकले क्रोएसियाकी जाना फेटलाई ७४ मिनेट चलेको खेलमा ६–०, ६–३ ले मात दिइन् । पाख्चौं सीडकी मारिया सक्कारी, १२औं सीडकी जेलेना ओस्तापेंको, १३औं सीडकी बारबरा क्राजिकोभा, चौथौं सीडकी पाउला बाडोसा, पूर्व नम्बर–१ सिमोना हालेप, पूर्व च्याम्पियन पेत्रा क्विातोभा र १८ वर्षीय कोको गफ पनि प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरिन् ।

त्यसैगरी पुरुष सिंगल्सतर्फ एलेक्स डि मिनर, स्टीभ जोनसन, डेभिड गफिन, ज्याक सक, म्याक्केन्जी म्याक्डोनाल्ड, क्रिस्टियन गेरिन, रिचर्ड गास्केटले पनि दोस्रो चरणमा स्थान पक्का गरेका छन् । त्यस्तै, राफेल नाडालले भने संघर्षपूर्ण जित निकाल्दै अघिल्लो चरणमा प्रवेश पाए । विश्वको चौथो नम्बरका खेलाडी नाडालले अर्जेन्टीनाका फ्रान्सिसको सेरेन्डिनालाई ६–४, ६–३, ३–६, ६–४ ले हराए । अर्कोतिर नोभाक जोकोभिचले पनि ८०औं जित पूरा गरेका छन् । टुर्नामेन्टको टप सीड जोकोभिचले पहिलो राउन्डको खेलमा दक्षिण कोरियाका कोन सुन वुलाई ६–३, ३–६, ६–३ र ६–४ ले पराजित गरे ।

लगातार तीन पटकका विजेता जोकोभिचलाई सुन वू नेले दोस्रो सेट कडा टक्कर दिएका थिए । सातपटक विम्बल्डनको उपाधि जित्ने अभियानमा रहेको जोकोभिच उक्त जितसख्गै चार ग्रान्ड स्लाममा ८० भन्दा बढी जित संख्या बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्