एकै दिन ६२ जनामा सङ्क्रमण



काठमाडौँ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ । एकै दिन देशभर थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५१ जना र ६ सय १२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा गरी जम्मा ६२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ११२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ । हाल नेपालमा २ सय ६१ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्