शिक्षण अस्पतालमा रोकिएको बीमा सेवा सुचारु



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै १४ असार (हिजो)सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम आज(१५ असार) देखि पनि निरन्तरता दिईएको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जानकारी दिए। अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्