चिकित्सक संघले डाक्टर कुट्ने ट्राफिकलाई कानूनी कारवाही र घाईतेको उपचार खर्च माग्यो



काठमाडौँ।

सडक पेटीमा हिडिरहेका चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेको विषयमा नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ । २०७९ आषाढ १२ गते आईतबार संघका आजीवन सदस्य डा.कुलबहादुर घिसिङ पैदल हिडिरहेको अवस्थामा सातदोबाटो ललितपुरका ट्राफिक प्रहरी राजेन्द्र थापाद्वारा कुटपिट गरी घाईते बनाइएको घटनाप्रति नेपालचिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको संघका महासचिव डा.बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

विज्ञप्तीमा भनिएको छ–सुरक्षाकर्मीको आचरण र मूल्यमान्यता विपरित जिम्मेवार ट्राफिक प्रहरीले चिकित्सकको परिचयपत्र देखाउदा समेत हातपात गरी स्वास्थ्य सेवाप्रवाहमा समर्पित एकजना जिम्मेवार चिकित्सकलाई घाइते बनाउनु ज्यादै नै लज्जास्पद घटना हो । सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकमाथी यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ । सुरक्षाको प्रत्याभूतिकालागि समर्पित हुने व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपालचिकित्सक संघको ठहर छ ।

त्यसैले यस्ता व्यक्तिलाई यथासक्य कानूनी कारवाही गरी नीज घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराई शान्ति सुरक्षा कायम गर्न तथा भविदिनमायस्तालज्जास्पद र गैरमानवीयकार्य नदोहो¥याउने परिस्थितिसिर्जना गर्न यस संघ सरोकारवालानिकाय, स्थानीय सुरक्षानिकाय, गृह मन्त्रालयएवं नेपाल सरकार समक्षजोडदार माग गर्दछ ।

नेपालचिकित्सक संघ परिवार घाईते डा. घिसिङको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्