फेसबुकबाट माया जालमा पारेर महिलाको गरगहना लुट्ने युवक पक्राउ



रौतहट ।

फेसबुकबाट माया जालमा पारेर महिलाको चल अचल सम्पति लुटने एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउपालिका वडानम्बर ४ खुटुवा प्रसौनी निवासी ३६ वर्षीय महमद रफिक रायभट रहेका छन् ।

मायाजालमा पारेपछि रायभटले घुम्न जाने बहानामा महिलालाई होटलको कोठामा पुरयाएर लुटने कार्य यसअघि देखि गर्दै आएको पाइएको छ ।

रायभटले यसअघि झापा जिल्लाको महिलालाई समेत यसैगरी ठगेको प्रहरीको तथ्याकमा रहेको छ । महोतरीकी एक बिबाहित महिलालाई उनले एक साता अघि मात्रै फेसबुकबाट चिनजान गरेकै भरमा चन्द्रपुर–४ स्थित पराठा एण्ड गेष्ट हाउसको एक कोठामा पुरयाई पेय पदार्थमा लठिने नसालु पदार्थ खुवाई महिलाले लगाएका सुनका गरगहनाहरु सहित नगद लुटेर फरार रहेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रायभटलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रफिक रायभटले महिलाको कानको चार आनाको सुनको रिङ २ थान कानमा लगाएको तीन आनाको सुनको मुन्द्रा ५ थान, सुनको तिलहरी ४ आनाको १ थान, मंलगसुत्र १ तोलाको १ थान गरी २ लाख ८० हजार र उनको पर्समा रहेको दश हजार गरी दुई लाख नब्बे हजार लुटेको जनाइएको छ ।

माया जालमा पारेका रायभटले ती महिलालाई आफनो नाम र घरको ठेगाना समेत ढाटेकोे खुलेको छ । होटलको कोठा समेत ती महिलाको नाममा बुक गर्न लगाएर उनले चार घण्टाको अबधिमा महिलाको साथमा रहेको चल अचल सम्पति लुटन सफल भएका थिए ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सन्तु प्रसाद जैयसवारले पक्राउ परेकाको थप अनुसन्धान भैरहेको बताउनु भयो । उहा ले सामाजिक सञ्जाल फेसबुक बाट चिनजान भएकै भरमा कसैमाथिको प्रलोभनमा नपर्न सबैलाई आग्रह गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्