मेरो दिलमा तिमि छौ…



मेरो दिलमा तिमि छौ छोडी जानु कसरी
एक शब्द त बोल ए मेरी दिलकी रानी

यो मेरो मनले हो तिमिलाई रोजेको
ठाउँ पनि यही हो हामीले भेट्ने गरेको
म सक्दिन आज मेरी मायालुलाई छोडी हिड्न
म सक्तिन आज एक्लो भएर बस्न

मेरा यी नयनले हेर्दा दृश्य उही छ
जहाँ गए पनि मेरो गाउँ त्यही छ
सक्दिन आज मैले तिम्रो चित दुखाउन
सक्दिन आज मैले तिमिलाई रोक्न

– गोविन्द राज ओझा (राजन)

 

प्रतिक्रिया दिनुहोस्