अव्यावहारिक नीति फिर्ता लिन माग



काठमाडाै  ।

देशभरिका अटोमोबाइल्स व्यवसायीहरूको केन्द्रीय संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत् सवारी साधनहरूको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा ६-६ महिनामा सवारी साधन जाँचपास गर्नुपर्ने अव्यावहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्ब खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।

नाडाले विगतदेखि नै सम्पूर्ण प्रदेशहरूमा सवारी साधनहरूको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहीअनुसार केही महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरूको बैठक बसी सबै प्रदेशहरूमा समान सवारी कर लागु गर्ने सहमतिसमेत भइसकेको थियो ।

सो सहमतिविपरीत अहिले आएर गण्डकी प्रदेश सरकारले एकतर्फी रूपमा भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै ६-६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीतिसमेत ल्याएकोमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्