नतिजा देखिने गरी काम गर्ने सहरी विकास मन्त्री चौधरीको प्रतिवद्धता



काठमाडौं ।

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गर्दै पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गर्दै क्षमता अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

उनले सहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । उनले यसअघि भएका राम्रा कामको निरन्तरता दिँदै केही महत्वपूर्ण नयाँ काममा आफ्नो ध्यान रहने बताए ।

प्रतिक्रिया दिनुहोस्