बदेलको आक्रमणबाट प्रहरीसहित ५ जना घाइते



 नवलपरासी।

पूर्वी नवलपरासीमा बंदेलको आक्रमणमा परी आइतबार विहान दुई प्रहरी सहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी सहायक हवल्दार जमुना उप्रेती र कन्सटेवल सम्झना पराजुली रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी जनाएको छ ।

नजिकैको वन क्षेत्रबाट सदरमुकाम कावासोती बजारमा घुसेको बदेलले जिप्रका नजिकै ड्युटीमा रहेका प्रहरीलाई एक्कासी आक्रमण गरेको थियो ।
बदेलको आक्रमणबाट प्रहरी कन्सेवल पराजुलीको हातमा गंभीर चोट लागेको थप उपचारका लागि चितवनको भरतपुर तर्फ पठाईएको प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

यसैगरी सोही बदलेले कावासोती २ पञ्चकन्या चोक नजिकैको मूल सडकमा जेष्ठ नागरिक योग प्रसाद रिजाल र सदानन्द जैसीलाई आक्रमण गरेको थियो ।

बंदेलको आक्रमणबाट जैसीको टाउको तथा पेटमा चोट लागेको र आफ्नो दाहिने खुट्टामा गंभिर चोट लागेको स्थानीय अस्पतालमा उपचाररत घाइते रिजालले बताउनु भयो ।
सोही बंदेलले कुमारबर्ती क्याम्पस पछाडी समता स्कूल नजिक बाटोमा हिड्दै रहेकी एक महिलालाई पनि आक्रमण गरेको स्थानीयले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्