महेन्द्र रत्नलाई भलिबल उपाधि



काठमाडौं ।

महेन्द्र रत्न क्याम्पसले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

ताहाचलस्थित घरेलु कोर्टमा महेन्द्र रत्नले फाइनलमा रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित ग-यो । ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा नेपाल कमर्स क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई २५–१९, २२–२५, २५–१९ र २५–२१ को सेटमा हराउदै तेश्रो भयो । उपाधिसंगै महेन्द्र रत्नले १ लाख नगद पुरस्कार हात पा-यो । दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाए ।

महेन्द्र रत्नका हेमन्त मल्ल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । सर्भरमा रत्नराज्यका रोहित थापा मगर, स्पाइकरमा रत्नराज्यका प्रदीप गुरुङ, ब्लकरमा कमर्सका सफल विक, सेटरमा कमर्सका सुवास कुँवर तथा लिफ्टरमा रत्नराज्य लवसन क्षेत्री उत्कृष्ट चुनिए । उत्कृष्ट सबैलाई नगद पुरस्कार प्रदान गरिएको थियो । चारदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्