कृष्ण जन्माष्टमीमा कृष्ण लीला



काठमाडाैं ।

कृष्ण जन्माष्टमीका अवसर पारेर आगामी भदौ ३ गते रिलिज हुने फिल्म कृष्ण-लीलाको ए मेरो हजुर बोलको गीत हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनीक गरिएको छ।

दीपक वलीद्वारा निर्देशित फिल्मको गीतमा रवि ओड र सुनिता कार्कीको स्वर, डा. डीआर उपाध्यायको शब्द रचना र बाबुल गिरीको संगीत छ। गीतमा उत्सव दाहालको छायांकन र माइकल चन्दको कोरियोग्राफी रहेको छ। आरआर फिल्मस्को ब्यानरमा रोहित कद्मेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ। गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको छ।

फिल्म र यसको गीतका लागि मिहीनेत गर्न कत्ति पनि कन्जुस्याइ गरेका छैनौँ। हाइ अल्टिच्युडमा समेत हामीले ज्यानको पर्वाह नगरी काम गरेका छौँ। अहिले पर्दामा हेर्दा त्यतिबेला गरेको दुःख सबै बिर्सिएको छुु कार्यक्रममा अभिनेता पुष्प खड्काले भने। कृष्ण लीला आफ्नो डेब्यु फिल्म भएकाले निकै उत्साहित रहेको जनाउँदै अभिनेत्री श्रद्धाले यसैबाट आप्mनो सुखद् करियरको शुरुवात हुने बताइन्।

कोरोयोग्राफर माइकलले ए मेरो हजुर निकै सुन्दर बनेकाले दर्शकको मनमा बस्ने ठोकुवा गरे भने संगीतकार बाबुल, गायक रबि र गायिका सुनिताले प्रत्यक्ष गीत गाएरै सुनाए। संगीतकार बाबुलले गीतझैं भिडियो पनि सुन्दर बनेकोमा खुसी व्यक्त गरे। गायक रबि र गायिका सुनीताले पाश्र्व गायनमा आफूहरुलाई यो गीतले निकै हौसला प्रदान गरेको बताए। प्रस्तुतकर्ता रोहित कट्टेलले कोरोना कालमा निकै दुःखका साथ फिल्म निर्माण गरेको स्मरण गरे। निर्देशक वलीले कृष्णलीला मनोरञ्जनक फिल्म बनेको बताए।

फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ , रवीन्द्र झा, भावना गुरुङ , नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम, बालकलाकर आयुष गुरागाईंलगायत मुख्य भूमिकामा छन्। पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन्।

पूर्वी नेपालको इलाम, पाँचथर तथा झापाका रमणीय स्थानमा छायांकन गरिएको फिल्म शिव ढकालले खिचेका छन् भने सम्पादन अर्जुन जिसीले गरेका हुन्। लक्ष्मण सुवेदीको लेखन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामिछाने र माइकल चन्दको कोरियोग्राफी रहेको फिल्म आरआर फिल्मस्ले वितरण गर्दै छ।

प्रतिक्रिया दिनुहोस्