राजेशपायलको खुशीको मुहान



काठमाडाैं ।

लोकप्रिय गायक राजेश पायल राईद्वारा स्वरबद्ध खुसीका मुहान बोलको गीत म्युजिक भिडियोसहित हालै राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

एआरको प्रस्तुतिमा बनेका गीतमा राज मुकारुङ को शब्द रचना र अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ। निर्देशक तथा गायक सुरज तामाङ ले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जीवनमा आउने जातीय अवरोधको सेरोफेरो समेटिएका छ। भिडियोमा सागर थापा ध्रुवु र नग्मा श्रेष्ठलाई फिचरिङ गरिएको छ।

भिडियोमा सागर र नग्माको जोडी सुहाएको छ। मोडल नग्माले गीतजस्तै भिडियो पनि राम्रो बनेकाले दर्शकले रुचाउने दाबी गरिन्। साहस शाक्यको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा फराज अर्पणको छायांकन निर्देशन, विशाल थापाको छायांकन र ज्वाला राईको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्