यश कुमार वर्षकै सर्वोत्कृष्ट



काठमाडाैं ।

राराजधानीमा हालै सम्पन्न नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२ मा लोकप्रिय गायक यश कुमार तिम्रो मन बदलिएछ बोलको गीतबाट यो वर्षको सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड चुम्न सफल भएका छन्। त्यसैगरी, आमाको काखै प्यारो बोलको गीतबाट कमला रिसालले आधुनिक गीत गायिकाको अवार्ड उचालेकी छन्।

ललितपुरमा सम्पन्न कार्यक्रममा राजकुमार सिंह गायक, अञ्जु पन्त लोकप्रिय गायिका, अस्मिता अधिकारी वर्षको सर्वाधिक लोकप्रिय गीत, बी पाण्डे गीतकार, निशा अर्याल महिला गीतकार, सुनील राई संगीतकार, पूर्णबहादुर राई राष्ट्रिय गीत, सानु बाबु महर्जन गजल गायन, सुवर्ण कुमार श्रेष्ठ जुरी गजल अवार्ड, निश्चल बस्नेत र मल्लिका महत वर्षको लोकप्रिय मोडल, सविन श्रेष्ठ र अनु शाह वर्षको युगल मोडल, रमेश थापा र प्रतीक्षा काफ्ले मोडल, सन्दीप भुजेल कोरियोग्राफर, केशवराज भट्ट निर्देशक, प्रभु गुरुङ डायस्पोरा निर्देशक, लोक गीततर्फ  सागर लम्साल (बले) र सृष्टि खड्का मोडल, जोगेन्द्र केसी कोरियोग्राफर र उमेश गुरुङ निर्देशकको अवार्ड विजेता भए।

स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा पूर्व उपराष्ट्रपति  परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अलिफ खान लोक गायन, लोक दोहोरीतर्फ कृष्ण कँडेल गायक, चन्दा अर्याल गायिका, सुरेश अधिकारी संगीतकार, कृष्ण सापकोटा र साया भण्डारी मोडल, सुवास बुढाथोकी नृत्य निर्देशक, निरेन श्रेष्ठ निर्देशक, दीपेन्द्र तिमल्सिना जुरी निर्देशकको अवार्ड विजेता भए भने पपतर्फ अंकित श्रेष्ठ गायक, बेनिशा पौडल गायिका, नविन पौडल पब्लिक च्वाइस अवार्ड, सरोज प्याकुरेल संगीतकार, प्रकाश श्रेष्ठ र मेलिन गुरुङ मोडल, साक्षी लम्साल आधुनिक पप गीत मोडल, लक्षु गौतम भिडियो निर्देशकको विजेता भए। निकिता बिक मौलिक गीत तथा भाषाभाषीतर्फ राज शुक्र लिम्बू तामाङ भाषाको गीत अवार्ड विजेता हुँदा थारु भाषाको गीतमा राजेन्द्र शर्मा गीतकार, संगीतकार र गायक विधाको विजेता भए। नेपाल भाषातर्फ त्तम मानन्धर गीतकार, जुगल गोल संगीतकार र सानु बाबु महर्जन गायक विधाको अवार्ड विजेता बने।

कार्यक्रममा फेसनतर्फ अश्विनी कान्त झा पेजेन्ट कोरियोग्राफर, निशुकान्त झा र प्रतिमा कार्की पेजेन्ट डिरेक्टर, टेकराज पाण्डे र जमुना पुन बेस्ट मेकअप आर्टिस्ट, रणधीर शाह मोडल र रिबन इन्टरटेनेमन्ट इभेन्ट म्यानेजमेन्ट कम्पनी अफ द इयर भए। कार्यक्रममा आ-आफ्नो क्षेत्रमा योगदान पु-याएवापत पत्रकार कुवेर गिरी, पत्रकार तथा फिल्म निर्माता कमला जोशी, गीतकार कमल सरगम चौलागाई‌ं, सुरेन्द्र महर्जन (अमर), गायक नाम्जा भोटे, अभिनेता सागर घिमिङ , कोरियोग्राफर अजय स्याङतान, गायक नारायण थापा, दीलिप केसी, गायिका सुनिता गुरुङ , संगीतकार योगेन्द्र उपाध्याय निरौला र मोडल ज्ञानेन्द्र बहादुर खड्कालाई प्रमुख अतिथि झाबाट सम्मान गरिएको थियो। समारोहमा कार्यक्रमका निर्देशक बालकृष्ण पोखरेल र प्रबन्ध निर्देशक सरिता भारतीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्