खप्तड लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटलबीच सम्झौता



काठमाडौं ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।

उक्त निष्काशन बाँडफाँटपश्चात् कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक÷रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिस्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिस्ट्रारको रूपमा नियुक्त गरेको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउनेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्