भुक्तानी नपाएपछि बैतडी सदरमुकामको सडक तेश्रो पटक निर्माण गर्दै ठेकेदार



बैतडी । गत आर्थिक वर्ष २०७६/०७७मा निर्माण सम्पन्न भएको गढी–गोठलापानी कालोपत्रे सडक ६ महिनामै भत्किएपछि पुनः निर्माण गरिएको थियो । भत्किएका ठाउँहरुमा पुनः कालोपत्रे गरिएपनि फेरी ६ महिना नवित्दै भत्किदा तेश्रो पटक निर्माण थालिएको छ । पौने ३ करोडमा ठेक्का पाएको केएस कन्सट्रक्सन धनगढीले सडकको काम सन्तोशजनक नहुँदा आवतजावतमा समस्या छ ।

स्थानीय व्यापारी खिमानन्द भट्टले भने,‘ठेकेदारले एकै पटकमा स्टीमेट अनुसार काम गरेको भएमा पटक–पटक यहाँ आउनै पर्ने थिएन् । जिल्लाका सिडिओ देखी सबै कर्मचारी, नेता, जनप्रतिनिधि, आएका बेला मन्त्री, सांसदले समेत अनिवार्य यात्रा गर्ने यो सडकको दुर्दशा यस्तो होला भन्ने सोचेकै थिएनौँ ।

पटक–पटक निर्माण गरिएको यस सडकमा अहिले पनि यात्रा गर्न निकै असहज छ ।’ व्यंग्यात्मक शैलीमा उनले भने ‘हामी त हेमा मानिलिका जस्ता गाला होलान् भन्ने सोचेका थियौँ, तर ओमपुरीका जस्ता गाला बनाइ छोड्यो । पप्पु कन्सट्रक्सन मात्रै खराब भन्ने लागेको थियो यस्ता पप्पु त हाम्रै वरीपरी कयौँ रहेछन् । अहिले थाहा हुदैँछ ।’

अर्का स्थानियबासी धनीराम लोहारले भने,‘यो सडक विगतदेखि १बर्ष लगाएर बनाउने तर ६ महिना नपुग्र्दै भत्किने प्रवृत्तिको छ । यसलाई ठेकेदार र कर्मचारीले कमाउ भाँडो पो बनाएका छन् की ? भन्ने संका छ ।’

सडकको कालोपत्रे भत्किएका ठाउँमा पुनः कालोपत्रे गरिएपनि ठेकेदारको कामसंग असन्तुष्ट हुदैँ सहरी विकास कार्यालय दिपायलले भुक्तानी रोकोको हो ।

दुई पटक काम गरेपनि रकम भुक्तानि नहुँदा तेश्रो पटक काम सुरु गरेको कम्पनीका साइड इन्चार्ज बिक्रम स्वारले बताए ।  एकै काम तेश्रो पटक सम्म गरिरहेका उनले अब भने रकम पाउनेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्