सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो



काठमाडौँ।

साताको कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तो तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्