उखुमा प्रकोप देखिएपछि किसान चिन्तित



वीरगन्ज ।

बारा र पर्सा जिल्लामा किसानहरूले लगाएको उखु खेतीमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ । बाराको श्रीपुर मननहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको हो ।

उखुमा रेड रोट रोगको प्रकोप फैलिएपछि पर्सा बाराका किसानहरू चिन्तित भएका छन् । कृषि प्राविधिकका अनुसार, उखुको भित्र रातो हुने रोग नै रेड रोट हो ।भेराइटी उखुका लागि रेड रोट रोक क्यान्सरजस्तै खतरनाक हुने भन्दै उहाँले उखुको तेश्रो र चौथो पातमा पहेंलो भएको छ भने त्यसमा रेड रोट लागेको मानिने बताउनुभयो ।

समयमै उपचार गरिएन भने सारा खेतमा फैलेर सबै बाली नै नस्ट गर्न सक्ने खतरा हुने उहाँको तर्क छ । रेड रोट रोगबाट उखु जोगाउनका लागि आफूहरूले यसको उपचारका लागि प्रयोग हुने रोको नामक पाउडर औषधि उधारोमा नै किसानलाई वितरण गरिरहेको रिलायन्स चिनी मिलका उखु व्यवस्थापक अतुल मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्