शहीद स्रष्टा पुस्तकमा



काठमाडाैं ।

नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति शहीद स्रष्टा परिचय कोष प्रकाशनमा आएको छ। समालोचक तेजविलास अधिकारीद्वारा लिखित कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो।

कृतिमा नेपालको राजनीतिक तथा रुपान्तरणकारी आन्दोलनमा ज्यानको आहुति दिएका शहीद स्रष्टाको परिचय दिइएको छ। प्रथमोप्रथम आफूलाई बलिदान गर्नेे स्रष्टा कृष्णलाल अधिकारीदेखि लिएर पछिल्लो चरणका कृष्ण सेन इच्छुकलगायतका वीरले इतिहासका विभिन्न कालखण्डलाई रक्तरञ्जित गराएका छन्।

राणाशासन काल, पञ्चायती काल र पछिल्लो समयको राजतन्त्रात्मक बहुदलीय कालसम्म आइपुग्दा विभिन्न पर्व र काण्डका नामले चिनिने घटना घटेका छन् प्रतिष्ठानका साहित्य, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्राडा गोपिन्द्र पौडेलले कृतिको भूमिकामा लेखेका छन्।

पुस्तकका लेखक तेजविलास अधिकारीले प्रथम साहित्यिक शहीद कृष्णलालदेखि भाषा, साहित्यमा राज्यस्तरमा समान हैसियत चाहिन्छ भनी आन्दोलन गर्ने रञ्जु झासम्मको खोजी पुस्तकमा गरिएको उल्लेख गर्दै पुस्तक प्रकाशनका क्रममा दुई सयभन्दा बढी व्यक्तिलाई सम्पर्क गरेको र कतिपय शहीदका परिवारसँग सम्पर्क हुन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्