राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी, आजै दर्ता गर्ने



काठमाडाैं । 

सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी प्रस्ताव गरिएको छ ।

पार्टी घोषणा समारोहमा लामिछानले चुनाव चिह्न घण्टी प्रस्ताव गरेर निर्वाचन आयोगमा दल दर्ता गर्न जाने बताए । उनले क्षमतावान व्यक्तिहरूलाई पार्टीमा स्वागत पनि गरेका छन् ।

अहिले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरूले पनि सामानुपातिक भोट एक ठाउँमा ल्याउनका लागि आफ्नो पार्टीको सहारा लिन सक्ने उनले बताए ।  पार्टी घोषणा समारोहमा लामिछानले चुनाव चिह्न घण्टी प्रस्ताव गरेर निर्वाचन आयोगमा दल दर्ता गर्न जाने बताए ।

उनले आजै दल दर्ताको प्रक्रिया सुरु गरेर पार्टी कार्यालय पनि सञ्चालनमा ल्याउने बताए । धेरै पार्टीले आफूलाई प्रवेश गर्न प्रस्ताव गरे पनि नयाँ पार्टीबाट मात्रै देशको विकास गर्न सकिने निष्कर्षमा आफू पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्