केबुलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक



एजेन्सी ।

भारतको एक पहाडमाथि चल्ने केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । पर्यटक बाेकेकाे केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो ।

उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको भिडियोमा देख्न सकिन्छ ।तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन सकेनन् ।

मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह एक घण्टाभन्दा बढी समयसम्म फसेको थियो । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबल कार प्रयोग गरेका थिए ।

यस्तै, घटना सन् १९९२ को १३ अक्टोबरमा भएको थियो । त्रासबीच एक जना अपरेटर केबलकारबाट हाम फाल्दा उनका मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्