ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ गर्दा लागेको खर्चको क्षतिपूर्ति मागेपछि…



एजेन्सी ।

सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन् । सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ ।

धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् । ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ विरामी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन् ।

उनको विस्तृत कागजातमा प्रत्येक खर्च जोडीलाई नै बाँडिएको थियो वा पूर्वप्रेमिका एक्लैले लाभ उठाएकी थिइन भन्नेसमेत उल्लेख छ । जस्तैः एउटा उदाहरणमा उनले ‘स्नयाक्स किन्न र त्यो सबै महिलालाई खुवाउन’ ३६ दशमलब १ युआन खर्च गरेका थिए ।

यस्तो अवस्थामा उनले उक्त स्न्याक्सको सम्पूर्ण खर्च महिलाले बेहोर्नुपर्ने उनले अनुरोध गरेका छन् । अर्को उदाहरणले चाङनिङको एउटा रेस्टुरेन्टमा दुई जनाले डिनर लिएको उल्लेख छ । महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् ।

पूर्वप्रेमिकालाई अस्पताल भर्ना गर्न लागेको खर्चसमेत ‘खर्च सूचीमा’ समावेश गरेका छन् । त्यसपछि ती महिलाको मृत्यु भएको थियो । अन्तिम संस्कारमा उनी र उनका अभिभावकले आर्थिक सहयोग गरेका थिए । अहिले त्यो सबै खर्च उनले मागेका छन् ।

डेटिङ गर्दा समग्रमा उनले कुल ७२ हजार युआन खर्च गरेको दाबी गरेका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार २५ युआन क्षतिपूर्ति माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्