आनी कन्सर्टमा फर्कंदै



फूलको आँखामा फूलै संसारु गायिका आनी छोइङ डोल्मा आधा दशकभन्दा लामो समयको अन्तरालपछि पुनः सांगीतिक कन्सर्टमा फर्कने भएकी छन्।

आनी आगामी शनिबार ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलमा हुने हिल द अर्थ कन्सर्टुमा प्रस्तुत हुन लागेकी हुन्।कन्सर्टमा आनीसँगै नेपालबाट पहिलोपटक ग्रामी अवार्डमा मनोनित भएका मनोज सिंह नेवा, सञ्जय श्रेष्ठ १९७४ एडी, गोपाल रसाइली, प्रज्वल लामा र एल. बोनी चक्रवर्तीलगायत पनि प्रस्तुत हुनेछन्।

आनीले आन्तरिक उपचारको अभावलाई पूर्ति गर्न कन्सर्टमा उत्रन लागेको बताइन्। हामी सबै विश्वव्यापी महामारी, उथलपुथल र द्वन्द्वको प्रभावसँग जुधिरहेका छौँ। यतीबेला, सबैलाई आन्तरिक उपचार चाहिएको छ। यस विशेष कार्यक्रममार्फत् हामीले यो सन्देश पठाउने लक्ष्य राखेका छौं कि आशा र दयाले हामीलाई हाम्रो भित्री आत्मासँग पुनः जोड्न मद्दत गर्नेछु कन्सर्टबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा आनीले भनिन्।

कन्सर्टको आम्दानीबाट आगलागीबाट घाइते भएकाको उपचारका लागि आनीको फाउन्डेसनमार्फत सहयोग गरिने भएको छ। यो इन्डोर कन्सर्टमा आनीले आप्mना आधा दर्जन जति नयाँ र पुराना गीत र मन्त्र प्रस्तुत गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्