प्रहरीलाई वितरण गरिएको निर्वाचनको भत्ता रकममा असमानता



रौतहट ।

निर्वाचनको भता रकम वितरणमा असमानता भएको गुनासो प्रहरीको रहेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनमा जिल्लाका प्रहरीहरु लाई वितरण गरेको भता रकममा असमानता रहेको गुनासो उनीहरुको रहेको छ ।

कार्यालय सुरक्षार्थ खटिएका प्रहरी, जुनियर प्रहरी, मोबाईल गस्ति र अधिकृत लाई वितरण गरेको भता रकममा असमानता रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका लेखापाल शम्भु चौधरीले बिभागीय नीति अनुरुपनै भता रकम बितरण गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो राशन भता कट्टा गरेर कार्यालय सुरक्षार्थ खटिएका प्रहरी, जुनियर प्रहरी, मोबाईल गस्ति र प्रहरी अधिकृतको भता रकम फरक रहेको बताउनु भयो । उहाँले प्रहरी अधिकृतको दैनिक १ हजार ६ सय र जुनियर प्रहरी लाई दैनिक १ हजार २ सयका दरले भता रकम वितरण गरिएको बताउनुभयो । भता रकमको दर एउटै भएपनि खटिएको दिन लाई फरक पारेर बितरण गरिएको छ ।

बिभागीय नीति बिपरित निर्बाचनको बेला फिल्डमा खटिएका कुनै प्रहरीलाई ७ हजार त कुनै लाई ५ हजारका दरले भता बितरण गरिएको छ । भता रकम बुझने प्रहरीको सिधै खातामा रकम जम्मा गरिदिने प्रचलनले पनि भता रकम बितरण हचुवाको भरमा रहेको गुनासो पीडित प्रहरीको रहेको छ ।

शुरुमा कार्यालय सुरक्षामा खटिएका प्रहरी लाई ३ हजारका दरले भता वितरण गरिए पनि पछि विरोधको आवाज आउन थालेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले २ हजार ८ सयका दरले थप रकम खातामा जम्मा गरिदिएपनि उक्त रकम जोडदा ५ हजार ८ हुने र यो रकम समेत असमानता रहेको उनीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्