श्रीलंकाली जनताको पक्षमा भारत



श्रीलङ्काले चीनको मात्र ६ अर्ब छ करोड ऋण तिर्नु पर्नेछ चिनियाँ राष्ट्रपति सीले भ्रमण गरेको अर्को वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बोको भ्रमण गरे ।

भ्रमणका क्रममा मोदीले श्रीलङ्काली संसद्मा सम्बोधन गर्दै भारत श्रीलङ्काको मित्रहरूमध्येको सबैभन्दा असल भएको दाबी गरे । श्रीलङ्कालाई क्रिकेटको विश्वकप जिताउने क्याप्टेन र त्यँहाका पूर्व मन्त्री अर्जुन राणातुङ्गाले आफ्नो कार्यकालको बेला भारतले निकै ठूलो उदारता देखाएको टिप्पणी गरे ।चरम आर्थिक एवम् राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकाका जनतालाई राहत प्रदान गर्न भारतले असल छिमेकीको भूमिका निर्वाह गरिरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको छिमेकी पहिलोको नीतिअन्तर्गत भारतले संकटको यस घडीमा श्रीलंकालाई सक्दो सहयोग गरिरहेको छ । श्रीलंकाली आम जनताको पक्षमा उभिएको भारतले अहिलेसम्म ८२ अर्ब डलरभन्दा बढीको सहयोग पनि गरेको छ । हिन्द महासागरको रणनीतिक स्थानमा रहेका कारण भारत र चीन श्रीलङ्कासित कूटनीतिक र सुमधुर सम्बन्धमा बनाउने प्रयास गर्दै आएको छ । आफू अनुकूलको कूटनीतिक र ब्यापारिक सम्बन्ध कायम गर्न विगत डेढ दशकदेखि दुवै देशबिच प्रतिस्पर्धा नै चलेको छ । श्रीलंङ्कासित भारतको घनिष्ट सांस्कृतिक सम्बन्ध रहेका कारण पनि भारत श्रीलङ्कालाई सहयोग गर्न तत्पर रहेको हुन सक्दछ । फेरि मोदी सरकारको छिमेकी पहिलोको नीतिले पनि भारतलाई श्रीलंकाको आर्थिक विकासमा सहयोग प्राप्त भइरहेको छ ।

श्रीलङ्का आफ्नो स्वतन्त्रताकै अहिलेसम्मकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको दीर्घकालीन अभाव र मूल्यवृद्धिका कारण त्यहाँ इन्धन, औषधि र अत्यावश्यक वस्तु्को चरम अभाव भएको छ । कोरोना भाइरसको महामारीसँगै पर्यटन क्षेत्रमा परेको असर, इन्धनको मूल्यमा वृद्धि, रुस–युक्रेन युद्ध र लोकप्रियताका लागि कर कटौती गर्ने श्रीलङ्काली सरकारको नीतिका कारण श्रीलंकाको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । श्रीलंकाका लागि भारत चीन जस्तो त ऋणदाता अवश्यक पनि होइन । सन् २०१९ को अन्य भएसम्म श्रीलंकाको वैदेशिक ऋणमा चीनको दायित्व १० प्रतिशतभन्दा माथि थियो ।

आर्थिक संकटतर्फ उन्मुख भएपछि श्रीलङ्काले सन् २०२१ मा मुद्रा सतही सुविधाअन्तर्गत चीनबाट १४ करोड ८० लाख अमेरिकी डलर लिएको थियो, तर पछिल्लो समयमा संकट गहिरिए पछि भने भारतले श्रीलङ्कालाई सहायता गर्न ठूला मध्येका देशको सूचीमा अटाउन थालेको छ । हाल श्रीलंकाको ५६ अर्ब डलर वैदेशिक ऋण छ । यो वर्ष मात्रै उसले ७ अर्ब तिर्नुपर्ने छ । त्यसका साथै श्रीलंकालाई अत्यावश्यक वस्तुहरूको आयातको लागि थप ३ अर्ब डलर आवश्यक छ । विश्वै बैंकले श्रीलंकालाई ६० करोड डलर ऋण दिने प्रतिबद्धता जनाएको छ । त्यस्तै, भारतले २ अर्ब डलर जति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । उसले अत्या वश्य्क बस्तु तथा सेवाको लागि थप १ अर्ब ५० करोड डलर दिन सक्ने जनाएको छ ।

श्रीलङ्काको विदेश मुद्रा भण्डार पाँच करोड डलरमा खुम्चिन पुगेको छ । । श्रीलङ्का अहिले यस्तो अवस्थामा पनि छैन कि यसले चिकित्सा उपकरण तथा औषधिको आयात गर्न सकोस् । अहिले श्रीलङ्कामा खाद्य पदार्थको बढी आयात गर्नुपर्ने आवश्यक्ता रहेको छ । शायद त्यही भएर होला त्यहाँका चिकित्सा संगठनहरूले सबैसित आग्रह गरेको छ स्थिति बढी बिग्रियो भने त्यसलाई नियन्त्रलण गर्न कठिन हुनेछ । सरकारले पनि सम्भवत तिनै कारणले देशमा संकटकाल लागु गरेको हुन सक्तछ कि देशमा अनिवार्य सेवाहरूको उपलब्धतामा समस्या नहोस् र सामान्य जनजीवन अस्तब्यस्त नहोस् र परिस्थिाति सरकारको नियन्त्रणमा रहन सकोस् ।

श्रीलङ्कालाई भारतले ६५ हजार टन रासायनिक मल र ३ लाख टन इन्धन पठाइसकेको छ । त्यस्तै थप इन्धन पठाउने बताएको नयाँ दिल्लीले औषधीलगायतका सामग्री पनि पठाउने प्रतिबद्धता जनाएको छ । त्यहाँका आम जनता, ब्यापारी बुद्धिजीवी र राजनीतिज्ञहरू पनि संकटको यस बेलामा भारतले गरेको सकारात्मक रूपमा लिएका छन् । आफ्नो छिमेकमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्न, भारतले आफ्नो भूमिका बढाएको टिप्पणी गर्नेहरू पनि छन् तर भारतले यसलाई छिमेकी र मित्र राष्ट्रको नाताले यसलाई आफ्नो कर्तव्य निर्वाह मात्रै गरिरहेको दाबी गरेको छ ।
चीनसँगको श्रीलङ्काको विगतको सम्बन्धका कारण पनि कतिपय श्रीलङ्काली भारतप्रति आशावादी देखिन्छ ।

सन् २००५ मा महिन्द्रा राजापाक्षे राष्ट्रपति भएको बेला देशको आर्थिक विकासको लागि भरपर्दो साझेदार भई श्रीलङ्का चिनतर्फ ढल्केको थियो । हम्बनटोटा बन्दरगाह र कोलम्बो गाला द्रुतमार्गलगायत विभिन्न परियोजनाहरू चिनलाई दिइयो । त्यस्तै, सन् २०१४मा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको भ्रमण पनि भारतका लागि प्रष्ट कूटनीटिक सन्देश थियो ।
श्रीलङ्काली अर्थतन्त्रजलाई धराशयी बनाउनेमध्येका कारक हम्बनटोटालाई पहिल्लो समय सेतो हात्ती बताउने गरिएको छ ।

त्यस्तो अन्य विभिन्न परियोजनाका कारण श्रीलङ्का चिनियाँ ऋणको चक्रमा फस्तैछ गएको छ । श्रीलङ्काले चीनको मात्र ६ अर्ब छ करोड ऋण तिर्नु पर्नेछ चिनियाँ राष्ट्रपति सीले भ्रमण गरेको अर्को वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलम्बोको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले श्रीलङ्काली संसद्मा सम्बोधन गर्दै भारत श्रीलङ्काको मित्रहरूमध्येको सबैभन्दा असल भएको दाबी गरे ।

श्रीलङ्कालाई क्रिकेटको विश्वकप जिताउने क्याप्टेन र त्यँहाका पूर्व मन्त्री अर्जुन राणातुङ्गाले आफ्नो कार्यकालको बेला भारतले निकै ठुलो उदारता देखाएको टिप्पणी गरे । आफू सन् २०१५ मा पेट्रोलियम र बन्दरगाह मामिलाको मन्त्राकलय सम्हालिराखेको बेला आफ्ना विमानस्थल बनाउन रकम जुटाउनका लागि श्रीलङ्का संघर्ष गरिरहेको बेला भारतसित सहयोग माग्दा दिल्ली गएको स्मारण सुनाउँदै भन्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहुलियतपूर्व ऋण दिन सहमत भएका थिए ।

पछि त्यसलाई भारतले अनुदानमा परिणत गरे । एउटा छिमेकीबाट यस भन्दाम बढी अरु अपेक्षा के गर्ने? भन्ने राणातुङ्गाको टिप्पेणीले भारत प्रतिको उनको धारणालाई दर्शाउँछ ।सन् २०१९ मा राजापाक्षे दाजु भाइ (गोटा वायो राष्ट्रटपति र महिन्द्रा प्रधानमन्त्री)का रूपमा सत्तामा आएपछि भारतसितको विदेशनीतिमा परिवर्तन ल्याउने काम गरे । यस अघिसम्म त भारतको विरोधलाई राष्ट्रवादको नाम दिई आफ्नो राजनीतिको मुख्य हतियार बनाएका दाजु भाइले भारतलाई जिस्काउनको निम्ति आँखा चिम्लेर चीनमाथि विश्वास गर्दै आएका थिए तर चीनको ऋणको आयतन बढ्दै गएपछि हम्ब नटोटा बन्दरगाह र मटाला एयरपोर्ट चीनलाई भाडामा दिन बाध्य भएको श्रीलङ्का अब भारतसित सुमधुर सम्बन्ध बनाउन ब्यग्र देखिन्छ ।

श्रीलङ्का सरकारले हतारमा तेल र खाद्यान्न सम्सन्धी गरेको नयाँ सम्झौता पनि भारतसित गरेको छ । दुई देशबीच उच्चा तहका भ्रमणले पनि तिव्रता पाएको छ । सन् २००९ मा श्रीलङ्कामा गृहयुद्धको अन्त्य भएपछि भारतले सहयोगको दायरा बढाउने काम गर्यो । भारतले यस भन्दा अघि पनि श्रीलङ्कालाई मद्दत गर्दै आएको हो । आज संकटको समयमा पनि उसित उभिएको छ । हाल श्रीलङ्कालाई भारतको सहयोग चाहिएको छ । भारतले हरेक किसिमले सहयोग पनि गरिरहेको छ ।

परिवारवादको राजनीतिले श्रीलंकालाई धेरै हानी पु¥याएको छ । सस्तो नारा र भावनात्मक मुद्दालाई प्राथमिकता दिएर जनमत सृजना गर्ने काम जुन देशमा भए पनि त्यसको परिणाम धेरै राम्रो आउँदैन । श्रीलङ्काको प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले पदबाट राजीनामा पनि गरिसकेका छन् । कतिपय मन्त्री हरूलाई समेत हटाउने काम भएको छ । भूतपूर्व विदेश मन्त्री रनिल विक्रमसिंहलाई प्रधानमन्त्री बनाइएको छ तर जनताको आक्रोशमा कमी आएको छैन । श्रीलङ्काका आम जनताका साथै विभिन्न संघ संगठनहरू पनि अब आन्दोलनमा उत्रिन थालेका छन् । संकटको बेलामा भारतको सहयोगले उसलाई धेरै राहत पु-याएको छ ।

प्रतिक्रिया दिनुहोस्