जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित



बारा । 

जिल्ला समन्वय समिति बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै साह जिसस बाराको प्रमुखमा विजयी हुनुभएको हो । एमालेका उम्मेदवार साहले २० मत ल्याउँदा साहका प्रतिस्पर्धी सत्तरुढ गठबन्ध दलको तर्फबाट कांग्रेसका उम्मेदवार रामदयाल धानुकले ९ मत मात्र पाउनुभयो ।

यस्तै, उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाउनुभयो । प्रमुख पदमा निर्वाचित साह हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिका वडा नम्बर निवासी हुनुहुन्छ भने उपप्रमुख सापकोटा निजगढ नगरपालिका वडा नम्बर ९ बाट वडा सदस्य हुनुहुन्छ । यस्तै, सदस्य पदमा एमालेबाट सुमित्रा देवी र नेशा खातुन निर्वाचित भएका छन् ।

त्यसै गरी अन्य सदस्यहरूमा जसपाको तर्फबाट प्रदिप केसरी, श्यामबाबु यादव, चन्देस्वर प्रसाद यादव, लोसपाबाट प्रभा देवी साह र उमादेवी चमार निर्वाचित भएका जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समितिको निर्वाचनमा कुनै पनि दलसँग आवश्यक पर्ने मत नभएकोले सत्तारुढ कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रको गठबन्धनको तर्फबाट कांग्रेशका धानुक उम्मेदवार बन्नुभएको थियो । तर, धानुकले गठबन्धनभित्रको सबै मत प्राप्त गर्नसक्नुभएन ।

जिल्लाका १६ स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ३२ मतदाता रहेको सो निर्वाचनमा ५ पालिका प्रमुख-उपप्रमुख पद र एउटा पालिकाको उपप्रमुख पदमा विजयी भएको एमालेसँग सबैभन्दा बढी ११ मत थियो भने ४ पालिकामा दुवै पद जितेको नेपाली कांग्रेससँग ८ र अर्को दल जसपासँग ४ र माओवादीको १ मतसमेत गरी गठबन्धन दलहरूको पक्षमा १३ मत रहेको थियो ।

त्यसै गरी २ पालिकामा जितेको लोसपासँग ४ र एउटा पालिकामा प्रमुख-उपप्रमुख जितेको विकेकशील साझा पार्टीको २ मत रहेको थियो । एमाले उम्मेदवारहरूले लोसपा, विवेकशीलसहित गठबन्धनभित्र रहेका अन्य दलको मत पनि पाप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्