मरिच, सुपारी र केराउ आयातमा नगद मार्जिन हट्यो



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थालाई एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो ।

अब उद्योगले कच्चा पदार्थको रूपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागु हुने छैन । डलर सञ्चितिमा चाप परेको भन्दै यस अघि केन्द्रीय बैंककले ४९ समूहका ३ सय बढी वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको यो व्यवस्थाले अब व्यापारीले यी वस्तुको आयात गर्न पनि नगद मार्जिन राख्नु पर्दैन । तर, अहिले उद्योगले कच्चा पदार्थको रूपमा मात्रै यी वस्तुको आयात गर्न पाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्