राईले जितिन् नगद एक लाख



काठमाडौं।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकले नजिकैको डिलरमा गएर फन्ड ट्रान्सफरमार्फत् १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत् नगद एक लाख जित्ने अवसर पाउने डिसहोमले जनाएको छ ।

यसै क्रममा फाकफोकथुम २, इलामकी मन्दिरा राईले नगद एक लाख जित्नुभएको छ । कुबेर इलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलरमा एक वर्ष रिचार्ज गरेर राईले लक्की ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो ।डिसहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रिव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नुभएको छ ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिसहोम सोकेसमा आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्