जिसस लमजुङमा एमालेको प्यानल नै विजयी



लमजुङ । जिल्ला समन्वय समिति लमजुङमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा एमालेका पुर्णबहादुर गुरुङको प्यानल नै विजयी भएको हो ।

एमालेका उम्मेदवार गुरुङले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदबार मुरली कुमाललाई पराजित गर्दै विजयी हुनु भएको हुन् ।

आज (बिहिबार) भएको निर्वाचनमा गुरुङले १० मत प्राप्त गर्दा कुमालले ६ मत प्राप्त गरे । उपप्रमुख पदमा भने एमालेका बुना रिमाल निविरोध निर्वाचित भएकी छन् ।

त्यस्तै जिसस सदस्यहरूमा पनि एमालेका उम्मेदबारहरू निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बेसीशहरका केशर खत्री, दोर्दीका शेरबहादुर बोगटी, मध्यनेपालका मोहन गुरुङ छन् ।

दलित तथा अल्पसँख्यकतर्फ सुन्दर बजारका गमबहादुर दुरा, महिलातर्फ मध्यनेपालकी शारदा साँखी, मस्र्याङदीकी बविता मझाकोटी र सुन्दरवजारकी विमला खड्का निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्