आक्रमणमा परेर थिरबम मल्लको वीरगति

(फरइभर इन्कम्प्लिट– दी स्टोरी अफ नेपाल पुस्तकको च्याप्टर ५ मा पर्ने ‘विक्रम संवत् २००७ साल’ को शिवलाल श्रेष्ठद्वारा अनुदित नेपाली अंश १२)



  • महेन्द्रमान सिंह

थिरबम मल्ल र उसका सयजनाजति पुराना सैनिक जवान नेपाल भित्रिए । उनीहरूको लक्ष्य वीरगञ्ज हान्नु थियो । उनको दलमा मेजर पूर्ण सिंह खवास, बुद्ध सिंह गुरुङ्ग, जी.बी.याकथुम्बा, श्याम तामाङ्ग, निर्मल लामा र अन्य थिए । उनीहरू उत्तर–पूर्वी रेलमा पटनादेखि दरभंगा हुँदै रक्सौल आएका थिए । उनीहरूले नभेम्बर ११ को मध्यरातको केहीक्षणपछि रक्सौलभन्दा केही किलोमिटर वर रेल रोक्ने अकस्मिक सिक्री तानेर रेल रोकेका थिए । त्यसको लागि सरापिरेहका केही यात्रु र चुपचाप सुतिरहेका यात्रुलाई त्यही छोडी उनीहरू रेलबाट झरेर छिटोछिटो पाइला चाल्दै नजिकै भारत नेपाल सीमाना स्थित सिर्सियाको पुलपारी आए । तेज बहादुर अमात्य र केही अन्य दुईवटा ट्रक सहित उनीहरूलाई पर्खिबसेका थिए ।

उक्त फौज दुई टुकडीमा विभक्त भए । मल्लको नेतृत्वको टुकडी बडाहाकिमको निवासतर्पm लागे याकथुम्बाको टुकडी वीरगञ्ज सैन्यगार र भ्mयालखाना तिर लम्के । उक्त संपूर्ण सैन्य परिचालनको संयोजकत्व मेजर पूर्णसिंह खवासले गरको थियो ।बडाहाकिमको निवासमा तैनाथ निद्रालु पहरेदारलाई झट्कार्ने पारामा उठाएर हातबाट बन्दुक खोसे । त्यस्तै अन्य १५ जनाजति सुतिरहेका सेनाका पहरेदार र उनीहरूको सम्पूर्ण हतियार विद्रोहीहरूले आफ्नो कब्जामा लिँदा मृत्युको भयमा उनीहरू चुपचाप बसीरह्यो । बन्दुकको नोकमा उनीहरू सबैलाई क्वाटरमा नै बन्दी बनाई करिब सातजनालाई साथमा लिई मल्ल बडाहाकिमको निवासतर्पm गए । पहरामा बसेको सुरक्षा गार्डलाई निसशस्त्र पारी कोठाको ढोकामा जोडले लात्तले हान्यो ।

सशंकित हुँदै बडाहाकिम सोम शमशेर कौसीमा निस्के । शूरता देखाउन उसले आफ्नो पेस्तोल पड्कायो र सुरक्षा गार्डलाई आवाज दियो । मल्लले जवाफी गोली हान्यो, उनका मानिस वेगसँग भ¥याङ्ग उक्लेर सोम शमशेर र उसका परिवारलाई घेरामा पारे । सोम शमशेर मल्लको मामा थियो । साधारणतया मल्ललाई यस्तो गर्नु अकल्पनीय थियो तर अहिले उनी आदेश पालना गर्दै थियो । उनीहरूलाई त्यहाँबाट नजिकैको अर्को घरमा लगिँदै गर्दा उनले मामालाई यसबारे सम्झाए । बन्दीहरूलाई अमात्य र केही अरूको जिम्मा लगाएर मल्ल व्यारेकतर्पm लागे । बिहानीको चार बज्न लागिसकेको थियो र बिगुल बज्न नपाउँदै व्यारेक कब्जा गर्ने योजना बनायो ।मेजर खवासलाई याकथुम्बाको व्यारेक हान्ने योजना चित्त बुझेको थिएन, योजना सुधार गरे । करबाहीको निरीक्षण गर्न उनी पनि याकथुम्बाको समूहमा सामेल भए । बिहानीको ४ः०० बजे बन्दुक पड्केको आवाजले मात्र नभई बिगुलको ध्वनिले पनि व्यारेकमा सरकारी फौज उठेर प्रतिरक्षात्मक मोर्चावन्दी भई सशक्त जवाफी गोली बर्षाउन थाले । मुठभेटमा धेरैजसो विद्रोही घाइते भए ।

बुद्ध सिंह गुरुङ्ग सांघातिक तवरमा घाइते भए । करिब एक दर्जनजति जवानका साथ मल्लले व्यारेक आक्रमण गरिरहेको समूहलाई थप बल पु¥याउन खोजे तर सुरक्षा सहायकको अभाव र भीषण प्रतिआक्रमणको कारण पछाडि हट्न बाध्य भए । आफ्नो पछाडि ट्रकलाइ ढाल बनाई वरिपरि आफ्ना मानिस साथमा लिई मल्ल फेरि एकपटक बडाहाकिमको निवास एवं कार्यालयमा फर्के । उनले बन्दीहरूलाई वर्तमानको उक्त कारबाहीको उद्देश्यबारे बताए र उनीहरूको सुरक्षाप्रति आश्वस्त पारे । बिहानी ५ः०० बजेतिर विद्रोहीले व्यारेक घेरबन्दीमा लिएलगत्तै गोली हानाहानको ध्वनि आउनु विस्तारै बन्द भयो ।

सैनिक कार्यमा सफलताको आभासले प्रोत्साहित बन्दै मल्ल लापर्वाहीसँग उनीतिर बढीरहेका दुई सरकारी सैनिकतर्पm बढ्यो । बन्दुकको मारण क्षेत्रमा पुग्नासाथ तीमध्ये एकले उनीमाथि गोली दागे । गोली लागेको पेट समातेर उनी ढले । दोस्रो गोली उनको टाउकोमा लाग्यो भुईमा लडेका उनी चेतना शून्य बने । उनका सन्त्रस्त सहकर्मीहरूले अक्रमणकारीहरूमाथि गोली दागे तर उनीहरू त्यहाँबाट भाग्न सफल भइसकेका थिए । उनलाई शीघ्रताका साथ सीमापारि रक्सौलको डँकन अस्पताल लगे तर ढिलो भइसकेको थियो । अन्ततः मध्यदिनमा वीरगञ्ज व्यारेक कब्जा गरे । विद्रोहीतर्प कमान्डरसहित दुईजना शहीद भए भने ८–१० जना घाइते भए ।
त्यतिमात्र नै त्यसको अन्त्य थिएन जसलाई पछिका घटनाहरूले पुस्ट्याइएको थियो ।

दश दिनजति पछि अधिकांश नयाँ भर्तीका यथेष्ट तालिम, हतियार बन्द र सतर्क नभएका मुक्ति सेनामाथि सरकारी फौजले विनाशक आक्रमण गरी घुँडा टेकायो, विद्रोहीहरूलाई पूर्णतया परास्त ग-यो । विद्रोहीहरू मात्र नभई थुप्रै निर्दोष नागरिकलाई पनि पशुवत तवरमा कुटपिट गरे र कसैकसैलाई त निर्दयतापूर्वक हत्यासमेत गरे । विद्रोहीहरूको प्रारम्भिक स्रोत र नव घोषित गभर्नर तेज बहदुर अमात्य र साथसाथै बी.पी.कोइराला र जेनरल सुवर्ण शमशेरको भड्काउ भाषणले धेरैलाई मुक्ति सेनामा भर्ती हुन उत्साहित तुल्याएको थियो । इन्क्लाब जिन्दावाद !!! नेपाली कांग्रेस जिन्दावाद !!! को नारा घन्कियो । उनीहरू भरखरै स्वतन्त्र तुल्याइएको भूभाग निरीक्षण हेतु आएका थिए । त्यसरी आउनुमा निसन्देह सुवर्ण शमशेरले भान्जा थीर बम मल्ललाई गुमाउनु परेको कारण पनि थियो ।

वीरगञ्ज आक्रमण र त्यसमाथि सरकारको तर्फ बाट भएको बर्बरतापूर्ण प्रत्याघातबाट भोग्नु परेको क्षतिले मुक्ति सेना त्यसरी अगाडिबाट आक्रमण गर्नु अनुपयुक्त हुने निष्कर्षमा पुग्न बाध्य भयो । तसर्थ उनीहरूले आक्रमणको तरकिवमा परिवर्तन ग-यो । १२ नभेम्बरमा विश्वबन्धु थापा, गेहेन्द्र शमशेर, केशव प्रसाद कोइराला र शिवजङ्ग राणा सम्मिलित पच्चीस जनाको डफ्फाले विराटनगर हान्यो । जसै सरकारी थप सैन्यबल आयो उनीहरू त्यहाँबाट पचास माइलको हारहारी पूर्वको झापातर्पm भागे । त्यसबेला उनीहरूसँग शस्त्रको नाममा चारवटा स्टेनगन, चारवटा रिभल्भवर, केही थान गोलीगठ्ठा र केही ग्रेनेड मात्र थियो । त्यहाँ उनीहरूले हमला गरेको प्रथम चौकीबाट मार्टिन हेनरीका केही राईफल तथा आधा दर्जन ३०३ राइफल लुटेका थिए । १५ नभेम्बरमा उनीहरू विराटनगरबाट भागेर रंगेलीमा रोकिए र १६ नभेम्बरमा त्यहाँ सरकारीबलसँग सानो मुठभेट पनि भएको थियो । त्यसको दुई दिनपछि स्वांस्वां गर्दै लखतरान भएका उनीहरू झापा पुगे । तथापि १९ नभेम्बरको दिन झापा आक्रमणको लागि तत्पर थिए । झापामा गरिएको आक्रमण निर्धारित भए तापनि निर्णायक हुन सकेको थिएन तसर्थ विद्रोही त्यहाँबाट जङ्गलको बाटो हुँदै बिराटनगर तिरै फर्के ।

यदि यी दुई नगर बीचको दूरी त्यति लामो नभएको भए विद्रोहीहरूको लागि लगातार आउजाउ गर्न सम्भव हुन्थ्यो वा अझ सटिक छापामार युद्ध अर्थात् आक्रमण ग¥यो भाग्यो गर्न सहज हुन्थ्यो । विराटनगर पनि एउटा महत्वपूर्ण नगर थियो । सन १९४७ मा विराटनगरबाटै प्रथम मजदुर हडताल प्रारम्भ भएको थियो । त्यसमानेमा विराटनगरमा गरिने निर्णायक आक्रमण निश्चय पनि विद्रोहीहरूको लागि आत्माबल प्रभाव वर्धक हुने थियो । बिराटनगरको बडाहाकिम, उत्तम विक्रम राणालाई बन्दी बनाउनु थियो । उनी सितिमिति आत्मसमर्पण गर्नेवाला थिएन । पूर्वी क्षेत्रको संपूर्ण कमान्ड हातमा लिएका जी.बी. याकथुम्बा आफ्ना सहायकहरू सि.बी. बान्तवा, शिव जङ्ग राणा र वीर जङ्ग घलेसहितले १० डिसेम्बर १९५० (२००७-०८-२५) मा दोस्रोपटक आक्रमण गरे । सरकारी बलले बडाहाकिमको कार्यालय एवं निवासको पूरा दुई सातासम्म दृढटापूर्वक प्रतिरक्षा गरेको थियो । विराटनगर शहर र औद्योगिक क्षेत्रहरू मुक्ति सेनाको नियन्त्रणमा आई सकेको भए तापनि प्रतिरोधको बलियो गाँठो बाँकी नै रहेको थियो । धनकुटाबाट थप सरकारी सैन्यबल आई पुग्नुअगावै त्यसलाई तोडनु जरुरी थियो ।

उक्त उपद्रव विद्रोही र सरकारी सैन्यबल बीच अव्यवस्थित लुकीछिपी गोली हानाहानमा परिवर्तन भयो । त्यस अवस्थाको अन्त्य गर्नु थियो र अन्ततोगत्वा फलामको पातालाई जोडेर ढालको स्वरूप दिएको एउटा ट्याक्टरले सहज बनायो । विद्रोहीहरूले ठूलो गर्व र अनेक कल्पनाका साथ त्यसलाई ‘ट्यांक’ मानेको थियो । यदि एउटा सानो दुई पाउन्डको गोलाले ताकेर हानेको भए त्यस काल्पनिक ट्यांक ध्वस्त हुन्थ्यो होला भाग्यवस सरकारी सैन्यबलसँग त्यति सानो तोप समेत थिएन । विद्रोहीहरूले उक्त पातो जोडेको अपरिपक्व मेसिनको बलमा बडाहाकिमको सरकारी क्याम्पको सीमा पर्खाल फोडे । त्यस रक्त रञ्जित झडपको अन्त्यमा बडाहाकिमले जेठो छोरा गुमाउनु प¥यो भने दोस्रो छोरा गम्भीर रूपमा घाइते भएको थियो । झण्डै एक दर्जन सारकारी सैनिक पनि मारिएका थिए । विद्रोहीतर्फको क्षति भने जितको उल्लासोन्मादले भुलेका थिए । विराटनगर फत्ते भएको एक दिन अगाडि २३ डिसेम्बर १९५० (२००७-०९-०८) को अपरान्हतिर बी.बी. चेम्जुङ्गको नेतृत्वमा गएका विद्रोहीले झापा कब्जा गरिसकेका थिए ।

नारदमुनि थुलुङ्गको नेतृत्वमा गएको सानो विद्रोही डफ्फाले देशको पूर्वी पाहाडी भेग भोजपुर र इलाम फत्ते गरिसकेको हुँदा त्यहाँबाट विराटनगरमा थप सैन्य बल आउने सम्भावना निस्प्रभाव बनेको थियो । सरकारको बलियो पकड रहेको पूर्वको एउटा जिल्ला भनेको विराटनगरको उत्तर–पूर्वस्थित जिल्ला सदरमुकाम धनकुटा मात्र बाँकी रहेको थियो । याकथुम्बा र बान्तवाले नेतृत्व गरेको मुक्ति सेनाले सरकारी कार्यालय एवं क्वाटरलाई घेरा हाली सकेका थियो । बडाहाकिम खेम शमशेर र उनको सैन्य कमान्डरले कर्नेल लोचन शमशेर थापाले १५ दिनपछि आत्मा समर्पण गरे । आत्मा समर्पण गरेका उनीहरूले न विद्रोहीको घेराबन्दी नै तोड्न सक्थे न त काठमाडौंबाट कुनै थप सैन्यबल आउने आशा नै थियो ।

राजा त्रिभुवन दिल्ली उडेदेखि काडमाडौं रिसको तापमा उम्लिरहेको थियो । राजाको मनोकामनाको सफलताको शुभकामना दिएर फर्केकाहरूमाथि विद्वेषपूर्ण अमानवीय लाठी चार्ज गरियो नतिजास्वरूप जनसाधाणमा राणाहरूप्रति रहेको केही धैर्य सबै छिन्नभिन्न भयो । १० नभेम्बरको साँझ उपत्यकाको आकाशमाथि निक्कै तलसम्म उडान भरेको डीसी ३ बाट वर्षाइएका पम्प्लेटहरूले जनमानसको बदला लिने आगोमा ध्यू थप्ने काम ग-यो । सरकारले उपत्यकामा कफ्र्यू जारी ग-यो तर पुलिस गस्ती नरहेको क्षेत्रमा प्रदर्शनकारीहरू ओइरिए र रिसले चिच्याएर नारा लगाउन थाले ‘इनक्लाव !! जिन्दावाद !!! राणा शासन !! मुर्दावाद !!!’ साथै बालक राजकुमारलाई राजसिंंहासनमा आरोहण गराएकोप्रति आफ्नो अमान्यता रहेको दर्शाउँदै ‘श्री ५ त्रिभुवन !! जिन्दावाद !!! को नारा पनि थपे ।

(क्रमशः अर्को मंगलबार)

प्रतिक्रिया दिनुहोस्