प्रत्यक्ष प्रसारण र जनप्रतिनिधिहरूको प्रस्तुति



जनसरोकारका विषयहरूमा उनीहरूको समेत राय लिने व्यवस्था गर्नसके सुनमाथि सुगन्ध भन्ने कुराले मूर्त रूप लिने थियो । यस अर्थमा अब उदाउने भनेको युवा नेतृत्व नै हो भन्ने कुरामा द्विविधा देखिँदैन । यसमा सबैको साथ सहयोग हुनै पर्दछ ।

वर्तमान सत्ताका शासकहरू र नाम मात्रका प्रमुख प्रतिपक्षहरूका विगतदेखिका काम–कारबाहीबाट जनता पक्कै वाक्कदिक्क भएका छन् । वर्तमानसम्म आइपुग्दा त्यसका विरुद्धमा खरो उत्रिन सक्ने नेतृत्व जनताले खोजिरहेकोमा विमति छँदै छैन । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा हामीले यति मत पायांै र उति मत पायौं भनेर जति उफ्रिपाफ्री गरे पनि वास्तविकता चाहिँ विश्वासिलो नेतृत्व नपाएको कारणले मात्रै पुराना दलहरूलाई उफ्रिप्राफ्री गर्न छुट भएको हो ।

अव आउने संसदीय निर्वाचनमा खरोरूपमा उत्रेर सोहीअनुरूप जनजनको मन छुने कार्यक्रम पस्किन सक्यो भने उदाउने भनेको त्यहीखाले नेतृत्व नै हो भन्ने कुरामा द्विविधा छैन । यदि यस्तो हुन सक्यो भने बाँकी देखापरिरहेको दलीय घमण्डहरूलाई चकनाचुर पार्न मियोका रूपमा काम हुन पुगेको ठहरिने थियो । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा राजनीतिक दाउपेचलगायत दृश्य, अदृश्य हेराफेरीमा माहिर कहलाइएका पुराना राजनीतिक दलहरू र गलत राजनीतिक हतकण्डाविरुद्ध संघर्ष गर्न सकिन्छ भन्दै भखरै उदाउँदै गरेका थुप्रै स्वतन्त्र युवाहरू जो गलत राजनीतिक पद्दतिलाई सुधार्न भनेर मैदानमा उत्रिएको थियो स्वतन्त्र र दलका उम्मेद्वारबीचको राजनीतिक द्वन्द्वले महत्वपूर्ण सन्देशहरू प्रदान ग-यो ।

निर्वाचनको परिणामले अन्ततः वर्तमान सत्ताधारी दलका ठुलै ठानिएका मात्र होइन विजय सुनिश्चित भयो भनेर डिगँ हाँक्दै आम जनता र मतदाताहरूलाई भ्रम छर्न लागिपरेका दलीय उम्मेदवारहरूलाई काठमाडांै, धनगढी र धरानका मतदाताहरूले तिन वल्डयाङ्ग खुवाइदिए । यसको मूल सन्देश के हो भने अब आउने संघीय निर्वाचनमा पनि क्षमता भएका र आप्mनो जीवनकालामा इमान्दार छवि बनाएका स्वतन्त्र व्यक्तिहरू चाहे त्यो दलको रूपमा बागी नै भएर किन उठन नपरोस् आफनो दलत्याग गरेको घोषणा गरेर आएको युवाहरू आएभने भर्खरै स्वतन्त्ररूपमा उदाएका बालेन, हमाल वा सम्पाङ्गजस्ता युवाहरूलाई जस्तै मतदाताहरूले आपूmहरूको मतमार्पmत् पुराना दलहरूलाई कडा प्रतिक्रिया दिने पक्षमा रहेका छन् । जुन कुराको भर्खरैमात्र स्थानीय निर्वाचनमार्पmत् सामान्य नै भए पनि संकेत गरिसकेका छन् ।

एउटा धुव्रसत्य कुरा के हो भने अहिलेसम्म पाका राजनीतिज्ञहरू र विशेषज्ञहरू छहारीमा बसेका विशुद्ध युवाहरूले मात्र प्रतिनिधित्व गरेको नयाँ दलका कुनै पनि स्थानीय र राष्ट्रिय संगठनहरू छैनन् । अब देशमा त्यस किसिमको संगठनको आवश्यकता महसुस भइसकेको छ । जस्मा (बहस) अर्थात् बालेन, हमाल र साम्पाङ्ग जस्ताका नीतिहरूलाई आत्मसात गर्दै पाका राजनीतिज्ञहरू र विशेषज्ञहरूको सल्लाहहरू समेतलाई प्रयोगमा ल्याउने अठोट बोकेका युवाहरू समावेश भएका हुन् ।वर्तमान सत्ताका शासकहरू र प्रमुख प्रतिपक्षका विगतदेखिका काम–कारबाहीहरूबाट जनता पक्कै वाक्कदिक्क भएका छन् । त्यसका विरुद्धमा खरो उत्रिन सक्ने नेतृत्व जनताले खोजिरहेको कुरामा कतै विमति छँदै छैन ।

विश्वासिलो नेतृत्व जो खरो रूपमा उत्रेर सोहीअनुरूप जनजनको मन छुने कार्यक्रम पस्किन सक्यो भने आम मतदाताको मत प्राप्त नहुने भन्ने कुरै आउँदैन । उदाहरणको रूपमा कामनपाको इतिहासमै सम्भवतः पहिलोपल्ट बैठकको प्रत्यक्ष प्रसारणले जनताको सेवक कस्तो हुनुपर्छ भन्ने सन्देश दिएको छ । अथ्र्याउनेले यो प्रत्यक्ष प्रसारणलाई थरीथरीबाट अथ्र्याएका छन् तर उच्च प्रतिशतको मतदाताहरूले र जनजनले सो कार्यलाई सह्रारनीय नै मानेका छन् ।

मेयर उपमेयर मात्र होइन प्रत्येक वडाबाट निर्वाचित बत्तीसै वडाका वडाअध्यक्षहरूको हैसियत र स्तर मापन गर्न त्यो प्रत्यक्ष प्रसारण लाभदायी भएको छ । प्रशासकीय अधिकृतसमेतको योग्यता र स्तरको परीक्षण हुनपुगेको छ । यस अर्थमा यस किसिमका कार्यलाई निरुत्साहित गर्नुपर्ने कुनै जरुरी छैन । बरू सकिन्छ भने जनसरोकारका विषयहरूमा उनीहरूको समेत राय लिने व्यवस्था गर्नसके सुनमाथि सुगन्ध भन्ने कुराले मूर्त रूप लिने थियो । यस अर्थमा अब उदाउने भनेको युवा नेतृत्व नै हो भन्ने कुरामा द्विविधा देखिँदैन । यसमा सबैको साथ सहयोग हुनै पर्दछ ।

देशले भर्खरै गणतन्त्र दिवस मनायो । ढर्रामा कुनै परिवर्तन छैन । यो दिवस मनाइरहँदा देशमा घटेका विविध परिघटनाहरूले देशमा लागु भएको भनिएको गणतन्त्रलाई कसरी जिस्क्याइरहेको छ भन्ने कुरामा कसैलाई चासो छैन । आम मतदाताहरू र जनताका न्यायपूर्ण आवाजहरूलाई सार्थक सम्बोधनको सट्टा सकेसम्म बेवास्ता गर्ने अलि बढी दबाब परे अलमल्याई राख्ने रणनीतिहरूले नै प्राथमिकता पाइरह्यो । देशका प्रत्येक प्रधानमन्त्रीले आफ्नो देशको स्वाधीनतालाई कसरी रक्षा गर्ने त्यसका लागि कस्तो कूटनीतिक पहल गर्नेभन्दा पनि छिमेकी तथा अन्य ठूला राष्ट्रहरूलाई कसरी रिझाउने भन्नेमा नै समय व्यतीत गरिरहेका छन् । चाहे त्यो एमसीसीको सवाल होस् वा बीआरआईको सवाल होस् । आफ्नो देश र जनताको स्वाभिमानलाई उचो राखेर प्रस्तुत हुनुभन्दा पनि हल्का तवरले प्रस्तुत हुनुपर्ने वाध्यता कसरी आइपुग्यो भन्ने कुराको कसैले पनि कहिल्यै लोखाजोखा गरेनन् ।

भर्खरै भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणमा देशका प्रधानमन्त्रीले अपनाएको कूटनीतिक शिष्टाचारलाई नजिकबाट नियालिरहेका जनजनले आश्चर्यपूर्ण रूपमा लिएका छन् । आफनो स्वार्थ पूरा गर्नको निमित्त विदेशीहरूसँग लम्पसार पर्नु नियति बनिसकेको छ । प्रायः सबै पुराना दलका समान विशेषता भनेको आ–आफ्ना रुचिका लागि जनतालाई मोहरा बनाई थरी–थरीका कार्यक्रम पस्किनु नै हो ।यस्तै कार्यक्रम पस्किने क्रममा सत्ताधारी तथा देखाउनमा विपक्षी भनिएका पुराना दलहरूले गएको स्थानीय निर्वाचनमा थरीथरीका आश्वासन पस्के पनि अन्ततः ती अश्वासन आफ्नै समर्थक र कार्यकर्तालहरूले विश्वास गरिएको देखिएन ।

उदाहरणको लागि काठमाडौंकै नतिजालाई विश्लेषण गर्दा यो कुरा स्पष्ट हुन्छ । नेकपा एमालेको तर्पmबाट मेयर उपमेयरमा उम्मेदवार भएकाहरूबीच देखिएको मतान्तर मात्र होइन त्यही दलको उपमेयरले विजय हासिल गर्ने त्यही दलको मेयरले दोस्रो स्थान पनि प्राप्त गर्न नसक्ने त्यसै गरी वडामा पनि कांग्रेस र कम्युनिस्टको नतिजामा त्यस्तै देखिएको छ । त्यही वडाबाट उठेको एमालेको वडा सदस्य विजयी हुने उही वडामा उही दलबाट खडा भएका वडाअध्यक्षको उम्मेद्वार पराजित हुने त्यसै गरी कांग्रेसमा पनि त्यही वडाको उम्मेद्वार अध्यक्षमा विजयी हुने अनि उही वडाको सदस्यमा उठेको उम्मेदवार पराजित हुने परिघटनाहरू प्रशस्त देखिएका छन् । यसले के स्पष्ट पार्दछ भने आम मतदाता र कार्यकर्तासमेत नेतृत्वको गलत निर्णय मान्न तयार नरहेको भन्ने सन्देश प्रवाहित भएको मान्नु पर्दछ ।

बेला–बेलामा नागरिकहरूले जान–अन्जानमा दिएको आफ्नो जीवनका बलिदानहरूको सार्थकता के हो भन्ने कुरामा जनमतले बल्ल यो पालिको स्थानीय निर्वाचनदेखि आवाज उठाउन थालेको अनुभूति हुन थालेको छ । राणाहरूका विरुद्ध भएको बलिदान, पञ्चायत व्यवस्थाविरुद्ध भएका बलिदान, बहुदलीय व्यवस्थाको सट्टा गणतन्त्र स्थापनाका लागि भएका बलिदान अनि त्यसै गरी राजतन्त्रिक व्यवस्थाविरुद्ध भएका बलिदान र आन्दोलनले जनजनमा देखिइरहेका समस्याहरूमध्ये कुनकुन समस्याहरूको दीर्घकालीन सम्बोधन हुन पुग्यो र उनीहरूमा के परिवर्तन आयो ? देश अहिले कुन स्थितिमा छ ? अनि सदैव जनताकै नाउँमा पटक–पटक जनताकै बलिदान किन भन्ने उठिरहेको प्रश्न कदापि अतिसयोक्ति होइन ।

होनहार युवाहरूको प्रत्येक दिन भइरहेको खाडी पलायन र नबिराइकन शवको रूपमा बक्साभित्र बन्द भई भइरहेको देशागमन अनि राज्यका हरेक अंंगमा देखिएका बेथिति नै राजनीतिक नेतृत्वको असफलता हो भन्ने कुरामा अब कतै सन्देह देखिँदैन । नेतृत्वले दिइरहने भ्रष्टाचार नियन्त्रण र सुसाशनसम्बन्धी नाराको सार्थकता प्राप्ति त धेरै टाढाको कुरा हुन पुगेको छ । यस मानेमा यी र यस्ता बेथितिहरूका विरुद्ध लागि पर्नको लागि अहिलेको आवश्यकता भनेको स्वतन्त्र व्यक्तिहरू सम्मिलित भएको स्वतन्त्र नागरिक सरकारकै हो । हुनतः केही वर्षदेखि स्वतन्त्र नागरिक आयोग भन्ने केही छुट्टाछुट्टै समूहले भ्रष्टाचारका बारेमा आफ्नो धारणा राख्ने प्रयत्न गरेको देखिन्छ । तथापि, नीतिगत भ्रष्टाचारदेखि लिएर ठूला–ठूला भ्रष्टाचार र बेथितिबारे बोल्न आँट गरिरहेको अनुभूति देखापर्दैन ।

यसले गर्दा यी नागरिक आयोगका सदस्य वा पदाधिकारीहरू पनि कतै अलमलिएका हुन वा कसैबाट देखाउनका लागि मात्र त परिचालित भएका होइनन् भन्ने सन्देह पैदा भएको छ ।यो सत्य हो की लोकतन्त्रमा दलको अपरिहार्यता मानिन्छ । त्यसैले वर्तमानमा स्वतन्त्र युवाहरू सम्मिलित दलको परिकल्पना नाजायज होइन । यसलाई परिकल्पनामा मात्र सीमित राखिनु हुँदैन । तत्काल इमान्दार युवाहरूले प्रतिनिधित्व गरेको कुनै उपर्युक्त नामको दल निर्वाचन आयोगमा दर्ता गरी आगामी निर्वाचनमा केन्द्रित भइहाल्नु पर्दछ ।

यो सवालमा जसरी (बहस) अर्थात् बालेन, हमाल र साम्पाङलाई जनताले विश्वास गरे तिनै जनताको विश्वास टुटन नदिन पनि नयाँ युवाहरूको दल जन्माउनै पर्दछ र त्यो दललाई हुर्काउन र परिष्कृत बनाउनमा (बहस) अर्थात् बालेन, हमाल र साम्पाङले आफ्नो आफ्नो स्थानबाट योगदान दिनै पर्दछ ।अब देशमा पुराना दलका राजनीतिक व्यवसायीहरूलाई सत्तामा मात्र पु¥याउन युवाहरूको बलिदानको आवश्यकता छँदै छैन भन्ने कुरा जगजाहेर भइसकेको छ । कुनै पनि विधाको माध्यमबाट वा कसैको गुलियो वचन वा भाषणबाट अभिप्रेरित भएर राजनीतिक व्यवसायीहरूको दास बन्नु युवाहरूको भुल सावित हुनेछ भन्ने कुरा नयाँपिँढीका युवाहरूले मात्र होइन स्वयम् उनीहरूका कार्यकर्ताहरूले समेत अनुभूति गरिसकेका छन् ।

बरू त्यसको सट्टा स्वतन्त्र युवा नागरिक समाजको नेतृत्वमा कुनै उपर्युक्त नामको दल दर्ता गरी त्यसैको माध्यमबाट स्वतन्त्र नागरिकहरूले सरकारको सदस्य भई भूमिका निभाउनु श्रेयष्कर हुने कुरामा उनीहरू विश्वस्त भएका छन् । अबको आवश्यकता भनेको नागरिक सरकारको निमित्त संघर्षरत हुनु हो भन्ने कुरामा पनि युवाहरूले पहल लिएको देखिन्छ जुन राम्रो पक्ष हो ।

बालकृष्ण मैनाली अधिवक्ता

प्रतिक्रिया दिनुहोस्